
१० असोज, हेटौंडा । मकवानपुरका सबै १० स्थानीय तहमा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ । बकैया गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकामा सर्वसम्मत र अरु स्थानीय तहमा निर्वाचन प्रक्रियाबाट कार्यसमिति चयन भएको हो ।
कांग्रेसको हेटौंडा उपमहानगरपालिका सभापतिमा उत्सव इटनी विजयी भएका छन् । इटनीले २८४ र उनका प्रतिस्पर्धी महेन्द्र राउतले १३२ मत पाए । उपसभापतिमा डोल्मा स्याङ्बोले २५७ र रामकृष्ण कोइरालाले ३०० मत प्राप्त गरी विजयी भए । सचिवमा कुमार पोखरेल १६३ गंगाप्रसाद पौडेल ११० मत ल्याएर विजयी भए ।
थाहा नगरमा प्रमोद जोशी
जिल्लाको उत्तरी क्षेत्रको थाहा नगरपालिका सभापतिमा प्रमोद जोशी निर्वाचित भएका छन् । जोशीले १ सय ९ र उनका प्रतिद्वन्द्वी भरत गोपालीले ८१ मत प्राप्त गरे । उपसभापतिमा नवराज कार्की ११४ र उद्धव लामिछाने १०२ मत ल्याएर निर्वाचित भए । सचिवमा भीमसेन मोक्तान ११२ र कर्णबहादुर गोपाली १०४ मत ल्याएर विजयी भए ।
बकैयामा भोम्जन, इन्द्रसरोवरमा लामा
बकैया गाउँपालिका सभापतिमा दिलबहादुर भोम्जन सर्वसम्मत चयन भएका छन् । सभापति पदमा ४ जनाको दावी रहेकोमा अन्तिममा सहमति जुटेको थियो ।
कांग्रेस उपसभापतिमा सोम तिमल्सिना र लोकेन्द्र माझी, सचिवमा बलराम दुलाल र सुनिल दर्लामी चयन भए ।
इन्द्रसरोवर गाउँपालिका सभापतिमा विश्व लामा, उपसभापतिमा कृष्णबहादुर भोम्जन र किशोर बस्ताकोटी, सचिवमा कृष्ण महर्जन र अर्जुन बानियाँ सर्वसम्मत रुपमा चयन भएका छन् ।
मनहरीमा प्रकाश बर्तौला
मनहरी गाउँपालिकामा प्रकाश बर्तौला निर्वाचित भएका छन् । बर्तौलाले ८२ मत र उनका प्रतिद्वन्द्वी शंकर न्यौपानेले ६१ मत पाए । उपसभापतिमा सूर्यबहादुर रोक्का, उत्तमबहादुर थापा (राजु), सचिवमा अनन्तप्रकाश अर्याल र हरिचन्द्र शाही ठकुरी सर्वसम्मत रुपमा चयन भएका छन् ।
भीमफेदीमा सञ्जीव श्रेष्ठ
भीमफेदी गाउँपालिकामा सञ्जीव श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ८६ मत र उनका प्रतिद्वन्द्वी नारायण थापाले ६८ मत पाए । उपसभापतिमा रुद्र वाइबा र जब्बरसिंह लामा, सचिवमा सुमित्रा थिङ र सुन्दर गोले सर्वसम्मत चयन भए ।
मकवानपुरगढीमा राजवीर मोक्तान
मकवानपुरगढी गाउँपालिकामा राजबीर मोक्तान अर्का उम्मेदवार अर्जुनप्रसाद दाहाललाई ३७ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । मोक्तानले ८७ र दाहालले ५० मत पाए ।
यस्तै उपसभापतिमा सुशीला फुयाँल र थलनाथ घिमिरे निर्वाचित भएका छन् । फुयाँलले १०१ र घिमिरेले ९० मत ल्याएका थिए । उपसभापति पदका अर्का उम्मेदवार मन्दिरा केसीले ६६ मत ल्याइन् ।
बागमतीमा फणीन्द्र तिमल्सिना
१० असोज, काठमाडौं । बागमती गाउँपालिका सभापतिमा फणीन्द्र तिमल्सिना निर्वाचित भएका छन् । सभापतिका उम्मेदवार डिल्लीप्रसाद घोरासैनीलाई १६ मतले पराजित गर्दै तिमल्सिना निर्वाचित भएका हुन्। तिमल्सिनाले ७७ र घोरासैनीले ६१ मत प्राप्त गरे ।
यस्तै उपसभापतिमा जगतबहादुर भोलन र मंगलबहादुर वाइबा निर्वाचित भएका छन् । भोलनले ७९ र वाइबाले ७७ मत प्राप्त गर्दा उपसभापति पदका अर्का उम्मेदवार शम्भु राईले ६८ मत प्राप्त गरे । यस्तै सचिवमा सुदीप पाख्रिन १०० र सिरिप राई ४० मत पाएर विजयी भए ।
कैलाशमा राजेन्द्र घिसिङ
कैलाश गाउँपालिका सभापतिमा राजेन्द्र घिसिङ १३७ मत पाएर विजयी भए । अर्का उम्मेदवार गुणराज स्याङ्तानले जम्मा २५ मत पाए । उपसभापतिमा मानबहादुर वाइबा १३२ र कामीसिंह स्याङ्तान ११६ मत ल्याएर विजयी भए । सचिवमा आशिष प्रजा १२२ र प्रकाश राना मगर ११२ मत ल्याएर विजयी भए ।
राक्सिराङमा वीरेन्द्र जिम्बा
राक्सिराङ गाउँपालिकाको सभापतिमा वीरेन्द्र जिम्बा निर्वाचित भए । जिम्बाले ८१ र सभापतिको अर्का प्रत्यासी वीरेन्द्रकुमार थिङले ७१ मत पाए । उपसभापतिमा मोहन नगरकोटी र बुद्ध राम मोक्तान, सचिवमा कोपिला गोले र महेश प्रजा निर्वाचित भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4