+
+

लुम्बिनीको सञ्चार विधेयक सच्याउन प्रेस काउन्सिलको आग्रह

रासस रासस
२०७८ असोज १० गते १९:३५
फाइल तस्वीर

१० असोज, लुम्बिनी । प्रेस काउन्सिल नेपालले लुम्बिनी प्रदेशसभामा दर्ता भएको ‘सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सच्याउन आग्रह गरेको छ ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसहितको टोलीले आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई भेटी उक्त विधेयकमा प्रस्तावित प्रावधानप्रति असहमति जनाउँदै सच्याउन आग्रह गरेको हो ।

प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशसभामा दर्ता गरेको सञ्चार विधेयकमा सञ्चारमाध्यम प्रकाशन/प्रसारणमा रोक लगाउने, आचारसंहिता उल्लंघनमा कारबाही गर्नेजस्ता प्रावधानप्रति काउन्सिलले असहमति जनाएको छ ।

त्यस अवसरमा मुख्यमन्त्री केसीले प्रदेश सरकारले बनाउने कानून संविधान र संघीय कानूनसँग बाझिने गरी आएमा स्वतः खारेज हुने भएकाले संघीय सरकारलाई पनि कानून निर्माणमा सहजीकरण गर्न आग्रह गरे ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?