+
+

संविधानसभाका सदस्य राजवंशी एमाले प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते ८:४०

११ असोज, काठमाडौं । तत्कालीन संविधानसभाका सदस्य अमृत लाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

हालै झापाको विर्तामोड ४ बाट नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा पराजित भएका राजवंशी एमाले प्रवेश गरेका हुन् ।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा ओढाइदिएर एमालेमा स्वागत गरे ।

राजवंशीलाई नेपाली कांग्रेसले समानुपातिक कोटाबाट पहिलो संविधानसभाको सदस्य बनाएको थियो । दोस्रो संविधानसभामा पनि उनी सदस्य थिए ।

संसद सचिवालयको विवरण अनुसार झापा अनारमनीका राजवंशीले तीन वर्ष भूमिगत जीवन बिताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?