+
+

अनलाइनखबरकर्मी शर्मालाई वातावरण पत्रकारिता पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते ११:१४

११ असोज, बुटवल । उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार-२०७७ बाट रुपन्देहीका अनलाइनखबरकर्मी टोपराज शर्मा पुरस्कृत भएका छन् ।

नेपाल पत्रकार महासंघ रुपन्देहीले हरेक वर्ष विश्व वातावरण दिवसमा प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष कोरोना महामारीका कारण ढिला वितरण गरिएको हो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकार शर्मालाई पुरस्कृत गरेका हुन् ।

वातावरण बचाउ आन्दोलन रुपन्देहीका संस्थापक भैरहवाका अग्रज पत्रकार नारायणप्रसाद सापकोटाले स्थापना गरेको उक्त पुरस्कारको राशि नगद २५ हजार रुपैयां रहेको छ ।

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली संयोजक तथा लेखक युवराज कंडेल र डिभिजन वन कार्यालयका वन अधिकृत राजन खड्का सदस्य रहेको मूल्यांकन समितिले शर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । सो अवसरमा महासंघ रुपन्देहीले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट हालै ‘बुद्ध दर्शन र सञ्चार’ मा विद्यावारिध हासिल गरेका महासंघका पूर्वअध्यक्ष डा.बालकृष्ण चापागाईलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसी, महासंघ अध्यक्ष पोखरेल,पुर्व सभासद् विनोद पहाडी, महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, पुरस्कार स्थापनाकर्ता सापकोटाले वातावरणसंग सम्बन्धित सवाल विश्वव्यापी रुपमा मानव स्वास्थ्य, जलवायू परिवर्तन, प्राकृतिक स्रोत साधनको संरक्षण लगायतका वहुआयामिक विषयसंग जोडिएकाले सञ्चारमाध्यमले यसलाई प्राथमिकता दिनुपर्ने आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?