+
+

नेपाली फिल्मले दशैं किन मिस गर्यो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते १२:१६

२ दिन अगाडिसम्म चलचित्र प्रदर्शकहरु निर्मातालाई अब त चलचित्र रिलिज गरौं भन्दै आग्रह गर्थे । अब, एउटा कुरा स्पष्ट छ कि, दशैंपछि हलमा चलचित्रको अभाव हुने छैन । असोज २१ गते ‘फास्ट एन्ड फ्यूरिसियस’ रिलिज गरेसँगै हलहरु खुल्नेछन् । यसपछि, बलिउड र हलिउड चलचित्रको सेड्यूल हेर्ने हो भने पनि सन् २०२२ को क्रिसमससम्म डेट छैन । यसको अर्थ, अबको डेढ बर्ष प्रदर्शकहरुले चलचित्र रिलिज गरेर सास पनि राम्रोसँग फेर्ने फुर्सद पाउने छैनन् ।

एकैछिन, २ बर्ष अगाडि फर्किऔं । जतिबेला नेपाली चलचित्र रिलिजका लागि दशैंमा तछाडमछाड हुन्थ्यो । कतिपयले दीपकराज गिरीले दशैंमा एकलौटी गरेको भन्दै आरोप लगाए । कतिपयले दीपकको चलचित्र जहिले रिलिज हुन्छ, म पनि सोही मितिमा गर्छु भनेर बार्गेनिङ गरे । कतिपय निर्मातालाई दीपकले पैसा नै दिएर साइड लगाए ।

गतबर्ष त कोरोनाका कारण दशैंमा चलचित्र रिलिज हुन सकेन । तर, यो बर्ष पनि दशैंलाई केन्द्रित गरेर चलचित्र रिलिज गर्ने आँट शोभित बस्नेत बाहेक अरु निर्माताले सकेनन् । करिब एक साता लामो बिदा, गतबर्ष दशैं मनाउन नपाएका नेपाली, पक्कै पनि यो बर्ष चहलपहल बढी हुनेछ । चहलपहल बढी हुँदा दशैंमा हलसम्म जाने दर्शकको संख्या पनि बढ्नेछ ।

तर, यो बर्ष असोज २६ गते ‘डाँडाको वर पीपल’ बाहेक अरु चलचित्र रिलिज नहुने पक्का भैसकेको छ । अर्थात, नेपाली चलचित्रका निर्माताले दशैं मिस गरेका छन् ।

तिहारबाट भने हरेक साता हिन्दी चलचित्रसँग भिड्नुपर्ने वाध्यता छ । तिहार, क्रिसमस, अंग्रेजी नयाँ बर्ष, इद, जनैपूर्णिमा, तीज, नेपाली नयाँ बर्ष, भ्यालेन्टाइन डे कुनै पनि मिति खाली छैनन्, जहाँ हिन्दी चलचित्रले रिलिज घोषणा नगरेका हुन् ।

नेपाली चलचित्रका निर्माता विदेशी चलचित्र रिलिज भएर माहोल बनाइदेला र आफू रिलिज गरौंला भनेर बस्दा यो अवस्था आएको देखिन्छ ।

वितरक करण श्रेष्ठ भन्छन्–‘हामीले दशैंमा दर्शकले प्रतिक्षा गरेको चलचित्र रिलिज गर्न खोजेका हौं । यसपटक वितरक, प्रदर्शक र निर्माता पनि एक भएका थिए । तर, चलचित्र क्षेत्र भित्र अझै पनि केही मानिसहरु रहेछन्, जसले यो क्षेत्रको राम्रो होस् भन्ने चाहदैनन् । यसैले, यसपटक दशैं मिस भयो । मेरो विचारमा हामीले दशैं मिस गरेर एउटा अवसर गुमाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?