+
+

प्रदेश २ मा बुधबार महिलालाई सार्वजनिक विदा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते १४:५७

११ असोज, जनकपुरधाम । प्रदेश २ सरकारले असोज १३ गते बुधबार महिलालाई सार्वजनिक विदा दिएको छ । मधेसका महिलाहरुको ठूलो पर्व जितियाको अवसर पारेर महिलाहरुलाई सार्वजनिक विदा दिएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले सोमबार जितिया पर्वको शुभकामना दिँदै असोज १३ गते महिलाहरुलाई सार्वजनिक विदा दिने बताएका हुन् । सन्तानप्रति आमाको स्नेह झल्काउने यस पर्वले प्रदेशभरि नै आस्था र प्रेम कायम गरोस् भनी मुख्यमन्त्रीले शुभकामना दिएका छन् ।

जितिया पर्व सोमबारदेखि शुरु भएको छ । मंगलबार बिहानीपख आँगनमा घिरौलाको पातमा दही र केरा चढाएपछि यो ब्रत शुरु हुन्छ । यो ब्रत शुरु भएपछि महिलाहरु निराहार रहने गर्छन् ।

मंगलबार बिहानदेखि शुरु हुने उपवास बुधबार साँझ ५ बजेर १५ मिनेटसम्म कायम रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?