+
+

स्काउटका निवर्तमान संयोजक भण्डारी भन्छन्- म होइन, सरकार असक्षम छ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते १५:२९
नेपाल स्काउटका निवर्तमान संयोजक लोकबहादुर भण्डारी । फाइल तस्वीर

११ असोज, काठमाडौं । नेपाल स्काउटका निवर्तमान संयोजक लोकबहादुर भण्डारीले आफू नभई सरकार असक्षम भएको बताएका छन् ।

जिम्मेवारी पूरा नगरेको भन्दै सरकारले ८ असोजमा भण्डारी नेतृत्वको राष्ट्रिय तदर्थ समिति खारेज गरेको थियो । सोमबार सरकारको पत्र बुझेपछि निवर्तमान संयोजक भण्डारीले कानूनी सल्लाह गरेर अघि बढ्ने बताए ।

आफ्नो नेतृत्वको तदर्थ समितिले जिम्मेवारी पूरा गर्न नसकेको सरकारको दाबी उनले अस्वीकार गरे । ‘मैले होइन, सरकारले जिम्मेवारी पूरा गरेन,’ भण्डारीले भने, ‘सरकारले हामीलाई ऐन दिनुपर्थ्यो, त्यसको ६ महिनाभित्र हामीले निर्वाचन गर्नुपर्थ्यो । तर सरकार असक्षम छ, किनकि सरकारले ऐन दिन सकेन ।’

स्काउटको ऐन अहिले मन्त्रिपरिषद्को विधायन समितिमा अड्किरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?