+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते १६:५५

११ असोज, धनगढी । हेल्प फर हेप्पीनेस नामक संस्थाले धनगढीका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गरेको छ ।

संस्थाले छैठौँ वार्षिकोत्सवको अवसरमा धनगढी उपमहानगरपालिका-५ तारानगरमा रहेको आमाको माया छात्रबासका विद्यार्थीहरुलाई न्यानोे कपडा र शैक्षिक सामग्री सहयोग गरेको हो।

साथै हेल्प फर हेप्पीनेस मेडिकल टीमका संयोजक दृष्टि विशेषज्ञ डाक्टर युवराज जोशीको समूहले विद्यार्थीहरुको आँखा निःशुल्क परीक्षण समेत गरेको छ ।

विभिन्न समस्यामा परेका नागरिकको उद्दार गर्ने, आपतकालीन रक्तदान गर्ने, मौलिक तथा सांस्कृतिक महत्व बोकेका चाडपर्वमा विशेष कार्यक्रमको अयोजना गरेर खुसी नपुगेको ठाउँमा खुसी पुगाउने, विपन्‍न तथा असहायलाई आर्थिक सहयोग गर्ने, लैङ्गिक हिंसामा परेका महिला तथा बाल यौन दुराचारको शिकार भएका बालबालिकाको उद्दार, छाडा पशु चौपायाको औषधोपचार गर्ने जस्ता कार्य गर्दै आएको संस्थाका संयोजक डा. जोशले बताए ।

उनका अनुसार हेल्प फर हेप्पीनेसले गत वर्ष विभिन्न रोगका कारण रगत अभाव भएका ४८ बिरामीका लागि ८२ पिन्ट रगत आकस्मिक रुपमा दान गरेको छ।

कोरोना महामारीका बेला निःशूल्क एम्बुलेन्स सेवा, लैङ्गिक हिंसा सम्बन्धि जनचेतनामुलक कार्यक्रम, सामाजिक सञ्जालमार्फत प्रत्यक्ष जनचेतना मुलुक सन्देश प्रवाह पनि गरिएको थियो।

यस्तै वर्षभरीमा उत्कृष्ट कार्य गर्ने मेडिकल टीमका संयोजक डाक्टर युवराज जोशी र आपतकालीन असहाय कोषकी संयोजक प्रिंयका अग्रवाललाई प्रशंसा पत्रसहित सम्मान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?