अध्यादेश खारेजीमा एमालेको प्रतिक्रिया : अलोकतान्त्रिक शासनको भद्दा रुप


११ असोज, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले राजनीतिक दलसम्बन्धी अध्यादेश आफ्नो दल विभाजनकै लागि ल्याएको पुष्टि भएको बताएको छ ।
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि माधवकुमार नेपालले एकीकृत समाजवादी दर्ता गरे । सोमबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गरेकी छन् ।
यसले एमाले विभाजन गर्ने उद्देश्यले मात्र अध्यादेश ल्याएको प्रष्ट भएको एमाले नेता अग्नि खरेल बताउँछन् । एमाले निर्वाचन विभागका प्रमुख खरेलले भनेका छन्, ‘प्रतिस्थापन विधेयक संसदमा आउन नपाई अध्यादेश खारेज गरेबाट पनि मुख्य राजनीतिक दललाई विभाजित गर्ने कुत्सीत उद्देश्य मात्र प्रधानमन्त्री देउवाले राखेका ए भन्ने प्रष्ट हुन्छ ।’
अदालतमा विचाराधीन मुद्दालाई समते प्रभाव पार्ने गरी अध्यादेश खारेज गरिएको उनको दाबी छ । पूर्व कानुनमन्त्री समेत रहेका खरेलले भने, ‘यो कथित लोकतान्त्रिक गठबन्धनले चलाएको अलोकतान्त्रिक शासन प्रणालीको भद्दा रुप हो, सरकार सञ्चालनको तुच्छ शैली हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4