+
+

उत्तर कोरियाद्वारा मिसाइल प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १२:१०

१२ असोज, काठमाडौं । उत्तर कोरियाले आफ्नो पूर्वी समुद्री क्षेत्रमा छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको छ । दक्षिण कोरियाको सेनाले दिएको जानकारीअनुसार मंगलबार बिहान उत्तर कोरियाले उक्त मिसाइल परीक्षण गरेको हो ।

मिसाइल प्रक्षेपण गरेको केही समयपछि संयुक्त राष्ट्रसंघको लागि उत्तर कोरियाका स्थायी प्रतिनिधि किम सोङले महासभामा सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले आफूहरुलाई कसैले पनि आफ्नो सुरक्षा र हतियार परीक्षण गर्नबाट रोक्न नसक्ने बताएका थिए ।

यसअघि सेप्टेम्बरको सुरुमा पनि उत्तर कोरियाले ब्यालेस्टिक र क्रुज मिसाइल परीक्षण गरेको थियो । यद्यपि त्यसको केही समयपछि उसले दक्षिण कोरियासँग वार्तामा बस्नका लागि तयार रहेको बताएको थियो ।

उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेपछि अमेरिकी सेनाले एक विज्ञप्ति जारी गर्दै उत्तर कोरियाले गरेको मिसाइल प्रक्षेपणको विषयमा जानकार रहेको तर अहिले गरिएको मिसाइल परीक्षणबाट अमेरिकी सेना र गठबन्धनलाई कुनै जोखिम नरहेको बताएको छ ।

मंगलबार जापानी सञ्चारमाध्यमले अहिले उत्तर कोरियाले प्रक्षेपण गरेको मिसाइल ब्यालेस्टिक हुन सक्ने यस किसिमको प्रक्षेपण राष्ट्रसंघको नियमविपरीत हुने बताएका छन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इनले राष्ट्रिय सुरक्षा परिषद्लाई उत्तर कोरियाले मिसाइल प्रक्षेपण गर्नुको उद्देश्य के हो भन्ने पत्ता लगाउन निर्देशन दिएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?