+
+

यी हुन् बलिउडका ३ ठूला भिडन्त

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १२:०७

महाराष्ट्र सरकारले अक्टुबर २२ तारिखबाट हल खोल्ने निर्णय गरेसँगै धमाधम चलचित्रको प्रदर्शन मिति तोक्न मेकरहरु अग्रसर छन् । तर, चलचित्रको प्रदर्शन मिति धमाधम तोकिदा केही महंगा बजेटका चलचित्रहरुको भिडन्त भने हुने देखिएको छ ।

विशेषगरि, चलचित्रले बम्पर व्यापार गर्नका लागि बिदा चाहिन्छ भन्ने सोच मेकरमा छ । यसैले, तिहार, इद, क्रिसमस, नयाँ बर्ष, स्वतन्त्रता दिवस लगायतका बिदामा चलचित्र रिलिज गर्न मेकरहरु होडबाजी नै गर्छन् ।

यो बर्षको क्रिसमसमा बलिउड भर्सेस साउथ चलचित्र हुने देखिएको छ । नायक रणवीर सिंहको मुख्य भूमिका रहेको चलचित्र ‘८३’ क्रिसमसमा रिलिज हुँदैछ । तर, यो चलचित्रलाई चुनौती दिनका लागि साउथका स्टार अल्लु अर्जुनको मुख्य भूमिका रहेको चलचित्र ‘पुष्पा’ पनि क्रिसमसमा नै रिलिज हुने भएको छ । यी दुई चलचित्रको बक्स अफिस टकराव हेर्न लायक नै हुनेछ ।

यस्तै, सन् २०२२ को इद पनि विशेष हुने देखिएको छ । नायक अमिताभ बच्चन, अजय देवगणको मुख्य भूमिका रहेको चलचित्र ‘मे डे’ अप्रिल २९ मा रिलिज हुँदैछ । तर, यही मितिमा नायक टाइगर श्राफ र तारा सुतरियाको मुख्य भूमिका रहेको चलचित्र ‘हिरोपन्ती २’ पनि रिलिज हुने भएको छ ।

सन् २०२२ को अगष्ट ११ पनि दुई स्टारको भिडन्तका कारण चर्चामा छ । स्वतन्त्रता दिवसको अवसर पारेर रिलिज हुन लागेको नायक अक्षय कुमारको चलचित्र ‘रक्षाबन्धन’लाई साउथका सुपरस्टार प्रभासको ‘आधीपुरुष’ले चुनौती दिनेछ । यी दुई स्टारको भिडन्तले बक्स अफिस गर्मिलो बनाउने पक्का छ ।

बलिउडका सुपरस्टारहरु साहरुख खान, सलमान खान, आमिर खानका प्रतिक्षित चलचित्रको प्रदर्शन मिति तोकिनै बाँकी रहेकाले पनि बक्स अफिसमा अन्य केही ठूला भिडन्त देखिने बलिउड पण्डितहरुको विश्लेषण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?