+
+

कांग्रेसले कर्णालीका पाँच जिल्लाको अधिवेशन दशैंअघि नै सक्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १२:२२

१२ असोज, सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेशका पाँच हिमाली जिल्लाको  अधिवेशन दसैँअघि नै सम्पन्न गर्ने भएको छ । हिमाली जिल्लामा हिउँ पर्ने र चिसो बढ्ने सम्भावना रहेकोले दसैँअघि नै अधिवेशन गर्न लागिएको कांग्रेसले जनाएको छ ।

कांग्रेसको पदाधिकारी बैठकले कर्णालीका पाँचसहित २१ वटा हिमाली जिल्लामा असोज १८ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेसँगै कर्णालीका हिमाली जिल्लाहरूमा पनि अधिवेशनको तयारी थालिएको हो ।

जसमा कर्णाली प्रदेशका डोल्पा, जुम्ला, मुगु, हुम्ला र कालीकोट रहेका छन् । केन्द्रीय निर्वाचन समितिले सोमबार जिल्ला अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

हिमाली जिल्लामा दसैँपछि र पहाडी तथा तराईका जिल्लामा दसैँलगत्तै अधिवेशन गर्ने तयारी गरेको छ । अधिवेशन गर्न केन्ऽीय निर्वाचन समितिले तयारी थालिसकेको छ ।

जिल्ला अधिवेशन हुनुअगाडि वडा, पालिका, प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन गरिसक्नुपर्ने हुन्छ । तर कणर्ालीका सुर्खेत र डोल्पामा भने वडा अधिवेशन नै हुन सकेको छैन ।

‘सुर्खेत र डोल्पामा अझै वडा अधिवेशन नै हुन सकेको छैन्, कतिपय पालिकाहरूमा विवाद कायमै छ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘हचुवाको भरमा अधिवेशन गर्छु भनेर हुन्छ र ?’ केन्ऽीय निर्वाचन समितिले हचुवारको भरमा केटाकेटी निर्णय गरेको उनले बताए ।

सुर्खेत र डोल्पामा ढिलोगरी क्रियाशील सदस्यता टुंग्याइएकाले अधिवेशनमा ढिलाइ भएको हो । त्यसबाहेक प्रदेशका आठ जिल्लामा वडा अधिवेशन सकेर पालिका अधिवेशन भै हरेको छ । प्रदेशसभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन भने हुँन बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?