+
+

होण्डा कारमा फेस्टिभ बोनान्जा योजना, हरेक १५ दिनमा साढे ३ लाख जित्ने मौका

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १९:५७

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकका लागि ‘होण्डाको फेस्टिभ बोनान्जा’ योजना ल्याएको छ ।

यस उत्सवमा नयाँ होण्डा कार खरिद गर्ने ग्राहकहरुले हात खाली नजाने गरी २ लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षसम्मका लागि फ्रि इन्स्योरेन्स, फ्रि रोड ट्याक्स, ३ वर्षसम्मका लागि फ्रि सर्भिसिङ, स्पेयर पार्टस्मा ७ प्रतिशत छुटका साथै अन्य धेरै फ्रि आकर्षक उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले साढे ३ लाख रुपैयाँसम्मको क्यास ब्याक जित्न सक्नेछ । यो योजना होण्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?