+
+

आईपीएलमा कोलकताले दिल्लीलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते २०:३४

१२ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार कोलकता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको छ । सुनील नारिनको अलराउण्ड प्रदर्शन र नितिश रानाको ब्याटिङमा कोलकताले दिल्लीलाई पराजित गरेको हो ।

लो स्कोरिङ खेलमा दिल्लीले दिएको १२७ रनको लक्ष्य कोलकताले १८.२ ओभर खेल्दै पूरा गरेको हो । कोलकताका लागि नितिश रानाले २७ बल खेल्दै २ चौका र २ छक्का मद्दतमा अविजित ३६ रन बनाए । ओपनर शुभमन गिलले ३० रन जोडे । सुनील नारिनले १० बल खेल्दै १ चौका र २ छक्का मद्दतमा २१ रनको योगदान गरे ।

ओपनर वेनकाटेश अयेरले १४ र विकेटकिपर दिनेश कार्तिकले १२ रन बनाए । दिल्लीका आभेष खानले ३ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए ।

शारजहाँमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनाएको थियो । दिल्लीका लागि ओपनर स्टिभ स्मिथ र कप्तान ऋषभ पन्तले सर्वाधिक ३९-३९ रन बनाए । अर्का ओपनर शिखर धवनले २४ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कोलकताका सुनील नारिनले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । यस्तै लकी फर्गुसनले २ ओभरमा १० रन खर्चेर २ विकेट लिए । वेनकाटेश अयेरले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए ।

११ खेल खेल्दा पाँचौ जित हात पारेको कोलकताले १० अंक जोडेको छ । चौथो स्थानमा रहेको कोलकताले आजको जितपछि शीर्ष चारमा रहेर क्वालिफायरमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । पराजित दिल्ली ११ खेलबाट १६ अंकसहित दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?