+
+

कोपा च्याम्पियन अर्जेन्टिना र युरो च्याम्पियन इटलीबीच अर्को वर्ष खेल हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते २०:३८

१२ असोज, काठमाडौं । कोपा अमेरिका च्याम्पियन र युरोकप च्याम्पियनबीच अर्को वर्ष खेल हुने भएको छ । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कन्मेबोल र युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले सन् २०२२ मा दुई महादेशको च्याम्पियनबीच खेल आयोजना गर्ने घोषणा गरेका हुन् ।

मंगलबार दुवै महादेशीय संघले सहकार्यलाई अझ अगाडि बढाउँदै च्याम्पियन टिमबीच खेल खेलाउने निर्णय गरिएको जनाएको छ । यसको अर्थ अब सन् २०२१ मा कोपा च्याम्पियन बनेको अर्जेन्टिना र युरो च्याम्पियन बनेको इटलीबीच अर्को वर्ष खेल हुनेछ ।

२०२२ को जुनमा इन्टरनेशनल विन्डोमा खेल हुने र मिति भने तय हुन बाँकी रहेको कन्मेबोलले जनाएको छ ।

कन्मेबोल र यूईएफएबीच दुई महादेशको विजेताबीच आगामी तीन संस्करणको खेल गर्ने सहमति भएको हो ।

२०२१ जुन जुलाईमा भएको कोपामा अर्जेन्टिनाले घरेलु टोली ब्राजिललाई हराउँदै उपाधि जितेको थियो । यस्तै इटलीले घरेलु टोली इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गरेर उपाधि जितेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?