+
+

च्याम्पियन्स लिग : रियल घरेलु मैदानमा सेरिफसँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १३ गते ९:११

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको सर्वाधिक १३ पटकको उपाधि विजेता स्पानिस क्लब रियल मड्रिड मोल्डेभाको एफसी सेरिफसँग पराजित भएको छ ।

समूह डी अन्तर्गत मंगलबार राति भएको खेलमा च्याम्पियन्स लिगमा डेब्यु गरिरहेको सेरिफले रियललाई उसैको मैदानमा २-१ ले पराजित गरेको हो ।

खेलको २५औं मिनेटमा जासुरबेक याख्सिबाएभले गोल गर्दै सेरिफलाई अग्रता दिलाएका थिए । ६५ औं मिनेटमा रियलका करिम बेन्जामाले पेनाल्टीमा बराबरी गोल फर्काए ।

तर, खेलको ८९औं मिनेटमा सेबास्टियन थिलले गोल गर्दै सेरिफलाई शानदार जित दिलाए ।

समूह डी मा लगातार दोस्रो जित हात पारेको सेरिफ दुई खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ ।

सेरिफले पहिलो खेलमा साख्तर डोनेस्कलाई पराजित गरेको थियो ।

हारपछि रियल २ खेलबाट तीन अंकसहित दोस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा इन्टर मिलान र शाख्तर डोनेस्कले गोलरहित बराबरी खेलेका छन् ।

बराबरीपछि दुवैले १-१ अंक जोडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?