+
+

५० अंकले सुधारियो शेयर बजार, ५ अर्बको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १३ गते १५:१२

१३ असोज, काठमाडौं । तीन दिन लगातार घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने सुधार भएको छ । बुधबार ५० दशमलव ५८ अंकले बढेर नेप्से परिसूचक २ हजार ६ सय ६५ दशमलव ९३ अंकमा पुगेको छ । यस अघि तीन दिन लगातार घट्दा नेप्से परिसूचक २ सय अंकले तल झरेको थियो ।

‘क’ वर्गमा रहेका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ५८ दशमलवले बढेको छ । कारोबार रकममा भने खास उल्लास देखिएन ।

दिनभर भएका ६३ हजार ९ सय १६ कारोबारबाट २२९ कम्पनीका ९८ लाख ९४ हजार ४ सय ७८ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँ पुगेको छ ।

यी हुन् धेरै कमाउने १० कम्पनी

बजारमा उच्च अंकको सुधार आउँदा अधिकांश कम्पनीहरुको शेयर मूल्य बढेको छ । समूहगत सूचक (सवइन्डेक्स) हरु सबै बढेका छन् । धेरै बढ्नेको शिर्ष स्थानमा ग्रीन डेभलपमेन्ट बैंक देखिएको छ ।

यो बैंकको शेयर मूल्य १० प्रतिशत अर्थात ३५ रुपैयाँ ४० पैसाले बढेर ३८९ रुपैयाँ ४० पैसा पुगेको छ ।

धेरै बढ्ने दोस्रो नम्बरमा अपी हाइड्रोपावर देखिएको छ । जसको शेयर मूल्य ४१ रुपैयाँ ८० पैसाले बढेर ४५९ रुपैयाँ ८० पैसा पुगेको छ । बुधबार कालिका माइक्रोफाइनान्स, जोशी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त लगायतका कम्पनीहरु धेरै बढ्नेको शिर्ष स्थानमा देखिएका छन् ।

धेरै घट्नेमा मेगा बैंक

बुधबार उच्च अंकले बजार सुधार हुँदा पनि केही कम्पनीहरुको शेयर मूल्यमा गिरावट आएको छ । जसमध्ये सबैभन्दा शिर्ष स्थानमा मेगा बैंक देखिएको छ । मेगा बैंकको शेयर मूल्य ३ दशमलव ९२ प्रतिशत अर्थात १४ रुपैयाँले घटेर ३४२ रुपैयाँ ८० पैसामा झरेको छ ।

जम्मा ६ प्रतिशतमात्रै लाभांश घोषणा गरेको कुमारी बैंकको पनि शेयर मूल्य घटेको छ । कुमारी बैंकको १.६५ प्रतिशतअर्थात ५ रुपैयाँले मूल्य घटेर २९८ रुपैयाँमा झरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?