+
+

‘चाडपर्वमा परम्परागत पहिरनको क्रेज’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १० गते १६:३८

दशैंतिहारको सिजन सुरु भएको छ । मान्छेमा नयाँ कपडा किन्ने, मीठोमीठो खाने पर्वको रुपमा परम्परादेखि चलिआएको यो चलन अहिलेसम्म पनि यथावत छ । हिजोआज चाडपर्वमा बढी जसो परम्परागत पोषाकहरु बिक्री हुने गरेको फेसन डिजाइनरहरु बताउँछन् ।

फेसन डिजाइनर तृष्णा गुरुङ पछिल्लो समय चाडपर्वमा परम्परागत पहिरन लगाउनेहरुको क्रेज बढेको बताउँछिन् । उनी भन्छिन् ‘पहिलेपहिले मान्छेहरु दौरा सुरुवाल लगाएर दशैं मनाउँथे । बीचमा केही समय पश्चिमा शैलीको पहिरन लगाउने होड चल्यो । अहिले फेरि परम्परागत पहिरनतिर मान्छेको ध्यान जान थालेको उनी बताउँछिन् ।

चाडपर्वमा कस्तो पहिरन रोज्ने ?

गुरूङ चाडपर्वमा कपडा किन्दा हल्का एवं शरीरलाई सहज हुने खालको किन्नुपर्ने बताउँछिन् । चाडपर्व रमाइलोको लागि मात्रै होइन, यो समयमा घरायसी काममा धेरै व्यस्त पनि हुने गरिन्छ । त्यसैले चाडपर्वको समयमा सहज खाले पहिरन खोज्नुपर्ने हुन्छ । रंगको हिसाबमा भन्दा उज्यालो खालको कपडा उचित हुन्छ । चाडपर्व उमंग लिएर आउने भएकोले उमंगको रंग मानिने ब्राइट कलर उचित हुन्छ ।

सामान्यतया चाडपर्वमा महिलाहरु साडी कुर्था नै लगाउँछन् । चाडपर्वमा प्रायः पुरुषहरु परम्परागत पोषाकमा सजिन्छन् । परम्परागत पोषाक नहुने ब्राह्मण क्षेत्रीयहरुले बढी जसो दौरा सुरुवालहरु लगाउँछन् । जातीय पोषाकहरु पनि लगाउने गरेका छन् । बढिजसो जनजातिहरुले जातीय पहिचानको लागि भन्दै आ-आफ्नो जातीय पहिरन लगाउने गर्छन् । बढी जसो जातीय पहिरन लगाउने जातिहरुमा राई, लिम्बु, गुरुङ र नेवारहरु छन् ।

उता, फेसन डिजाइनर रोजिना श्रेष्ठ भने दशैं तिहारमा परम्परागत पोषाकहरु कम लगाउने गरेको बताउँछिन् । मान्छेहरुले हल्का खालको कपडा खोज्छन् । सरारा, गरारा, अनारकली कुर्ता, पाइन्ट स्टाइलको कुर्ता, सुरुवालहरु र कलरफूल खालको कपडाहरु बढी रुचाउने गरिएको उनी बताउँछिन् । उनी भन्छिन् ‘केटाहरुले दशैंमा कुर्ती र अर्डर धेरै गर्ने गरेका छन् । कुर्तासँग जिन्सहरु लगाउँछन् ।’

परिवर्तित परम्परागत पहिरनमा

पछिल्लो समय परम्परागत पहिरनप्रतिको क्रेज बढिरहँदा यस्ता परम्परागत पोषाकको डिजाइनमा केही परिवर्तनहरु भने हुने गरेको पाइन्छ । पुराना पुराना शैलीमा केही परिवर्तन गरेर लगाउने गरिएको पाइन्छ । चाडपर्वमा बाहिरभन्दा पनि आफ्नो घरको मान्छेसँग नै धेरै समय बिताइने भएकोले यसमा धेरै हाइफाइ आवश्यक हुँदैन । आफूलाई जस्तो कपडा सहज र हल्का हुन्छ, बस्दा उठ्दा सहन हुन्छ ।

त्यसैले चाडपर्वमा कपडा किन्दा हल्का खालको हुनु पर्छ । कपडा आगोले नटिप्ने खालको हुनुपर्छ । दशैंतिहार जस्ता पर्वमा धेरै परिकारहरु बन्ने भएकोले यस्तो पहिरन उपयुक्त हुन्छ । चाडपर्वको लागि साडी ब्लाउजहरु हेभी किन्नु उचित हुँदैन । साडी सस्तो भए पनि हुन्छ । ब्लाउज चाहिँ अलिक क्वालिटीको चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?