+
+

थप १,१५७ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १३ गते १६:४६

१३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ११५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५२ पीसीआर परीक्षणमा ८९२ जना र ३,८८९ एन्टिजेन परीक्षणमा २६५ जना गरी ११५७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३३५ जना संक्रमित भेटिएका छन् । जसमध्ये भक्तपुरमा २८, ललितपुरमा ४२ र काठमाडौं जिल्लामा २६५ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,११३ रहेको छ र मृत्यु हुनेको संख्या ८ रहेको छ ।

हाल कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको छ । जसमध्ये १,३१५ जना संस्थागत आइसोलेनमा छन् । जसमा ३५४ जना आईसीयूमा र ९९ जना भेन्टिलेटरमा छन् ।

त्यस्तै १६ हजार ८७८ जना होम आइसोलेसनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?