+
+
Shares

मनास्लु हिमाल चढ्दा क्यानडाका आरोहीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १३ गते १८:३७

१३ असोज, गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ स्थित मनास्लु हिमाल आरोहण गर्ने क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ । ३७ बर्षका क्यानडियन नागरिक ब्रेन्ट सिलको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

मनास्लु हिमालको चौथो बेसक्याम्प भन्दा अन्दाजी एक सय मिटर माथिको उचाइमा पुगेका बेला उनी अचानक बेहोस भएर ढलेका थिए । ‘बेहोस भएपछि हिमाल आरोहण आयोजक ट्याग नेपाल ट्रेक्स कम्पनीका शंकर कुमार गुरुङले हामीलाई खवर गरे,’ डीएसपी प्रकाश दाहालले भने, ‘सामागाउँ प्रहरी चौकीको टोली पुग्दा उक्त नागरिकको मृत्यु भइसकेको रहेछ ।’

उनको शवलाई स्थानीय वासिन्दाको सहयोगमा कैलाश एयरको हेलिकप्टर मार्फत बुधबार काठमाडौंको शिक्षण अस्पताल लगिएको छ ।

उनी स्नो होराइजन कम्पनीबाट स्वीकृति लिएर उनी हिमाल चढ्न गएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?