
१३ असोज, काठमाडौं । कोरोना बिमा भुक्तानीमा देखिएको समस्याको समाधान खोज्न बिमा समितिलाई अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन् । अर्थमन्त्री शर्माले बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई मन्त्रालय बोलाएर कोरोना बिमा भुक्तानी के-कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न भनेका छन् ।
कोरोना बिमा भुक्तानीका लागि सरकारले समेत दायित्व वहन गर्ने तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सहमति गरेको थियो । दायित्व बहन गर्दा ११ अर्ब रकम भुक्तानी दिनु पर्ने भन्दै अहिलेको सरकारले दायित्व बहन नगर्ने अडान लिएको छ । अब सरकारले भुक्तानी नदिइ के-कसरी भुक्तानी गर्न सकिन्छ भनेर विकल्प खोज्न अर्थमन्त्रीले भनेका छन् ।
‘बिमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बिमाको सम्बन्धमा मन्त्री ज्यूले छलफल थाल्नु भएको हो, भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा समितिका अध्यक्षसँग छलफल भएको छ,’ अर्थमन्त्रीको सचिवालयले भन्यो, ‘यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिनु भएको छ ।’
सरकारले भुक्तानी नदिने अडान लिँदा बिमा कम्पनीहरुले १ लाख कोरोना संक्रमितको भुक्तानी दिएको छैन ।
प्रतिक्रिया 4