+
+

तालिबानले भन्यो : देश छाडेर भाग्नेको घर भाडामा दिन्छौं

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १४ गते १५:४०

१४ असोज, काठमाडौं । तालिबानले काबुलमा आफ्नो घर छाडेर भागेका मानिसहरुको घर भाडामा दिइने बताएको छ । यसबाट हुने आम्दानी मुलुकको केन्द्रीय बैंकलाई दिइने तालिबानले बताएको छ ।

तालिबानले बुधबार अरबी भाषाको ट्वीटर एकाउन्टबाट यस्तो घोषणा गरेको हो । अफगानिस्तानमा अहिले गम्भीर आर्थिक संकट देखिएको अवस्थामा तालिबानले यस्तो घोषणा गरेको हो । तालिबानले अहिले मुलुक छाडेर भागेका मानिसहरु घर फिर्ता नआउँदासम्म उक्त घर भाडामा दिनुपर्ने बताएको छ ।

यसरी उठेको भाडा केन्द्रीय बैंकमा जम्मा हुनेछ । तर, घर मालिक फर्किएपछि भने उनीहरुले यसमध्येको केही हिस्सा पाउनेछन् । १५ अगष्टमा तालिबानले काबुललाई कब्जामा लिएसँगै हजारौं मानिसले मुलुक छाडेका छन् । यो क्रममा अमेरिका र उसका सेनाले मात्र एक लाखभन्दा धेरै मानिसको उद्धार गरेका थिए ।

तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै पश्चिमा मुलुकले अफगानिस्तानको अन्तर्राष्ट्रिय कोष फ्रिज गरेका छन् । यसमा मुलुकको केन्द्रीय बैंकको आईएमएफमा रहेको पुँजी पनि सामेल छ । यस्तै प्रतिबन्धको कारण अफगानिस्तानमा मुद्रास्फीतिलर उच्च विन्दुमा पुगेको छ भने नगदको अभाव देखिएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?