+
+

एमालेले बागमतीमा बनायो ४७७ सदस्यीय प्रदेश कमिटी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १४ गते १७:०४
एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेल । फाइल तस्वीर

१४ असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश कमिटी ४७७ सदस्यीय बनेको छ । आनन्द पोखरेल अध्यक्ष र खेमप्रसाद लोहनी सचिव रहेको प्रदेश कमिटीलाई बिहीबार पूर्णता दिइएको छ ।

प्रदेश कमिटीको सूची बिहीबार नै पार्टी कार्यालयमा बुझाइएको अध्यक्ष पोखरेलले जानकारी दिए । उनकाअनुसार पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम भने प्रदेश कमिटीभन्दा माथि राखेर पठाइएको छ ।

जसमा अष्टलक्ष्मी शाक्यलाई उपाध्यक्ष र रामबहादुर थापा बादललाई इन्चार्ज भनिएको छ । सहइन्चार्जमा काशीनाथ अधिकारी, कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ र डोरमणि पौडेल छन् ।

१० बुँदे सहमति कार्यान्वयन गर्दा शाक्य प्रदेश इन्चार्ज हुनुपर्ने हो । तर अहिलेसम्म बादलले नै इन्चार्जको भूमिका निभाउँदै आएका छन् । यसबारे पोखरेल भन्छन्, ‘मैले मेरो मातहतको कमिटी बनाएको हुँ । केन्द्रीय कमिटीमा भएका नेताहरुको जिम्मेवारीबारे केन्द्रीय कमिटीले नै निर्णय गर्ला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?