+
+

फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीलाई एक वर्ष जेल सजाय

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १४ गते १७:०२

१४ असोज, काठमाडौं। पेरिसस्थित एक अदालतले फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजीलाई एक वर्षको जेल सजाय सुनाएको छ ।

सन् २०१२ को चुनावी अभियानमा गैरकानुनी तरिकाले खर्च गरेको अभियोग पुष्टि भएपछि सार्कोजीलाई उक्त सजाय सुनाइएको हो ।

पूर्वराष्ट्रपति सार्कोजीले बिहीबारको फैसलाविरुद्ध पुनरावेदन गर्ने अपेक्षा गरिएको छ । यदि उनले अदालतको फैसलाविरुद्ध पुनरावेदन गरे भने उनी तत्काल जेल जानु पर्ने अवस्था आउँदैन । किनभने पुनरावेदनसँगै अदालतको फैसला निलम्बनमा पर्छ । उनले इलेक्ट्रोनिक ट्यागसहित घरमै बसेर सजायँ भुक्तान गर्न सक्ने न्यायाधीशले बताएका छन् ।

सन् २००७ देखि २०१२ सम्म फ्रान्सको राष्ट्रपति रहेका ६६ वर्षीय सार्कोजीमाथि चुनावमा तोकिएको अधिकतम रकमभन्दा झण्डै दोब्बर खर्च गरेको आरोप लागेको थियो ।

पुन: राष्ट्रपतिमा निर्वाचित हुनका लागि उनले २०१२ को चुनावमा २६ मिलियन डलर खर्च गरेका थिए । तर उनी त्यतिबेला सोसलिस्ट पार्टीका फ्राँस्वा ओलँदसँग पराजित भएका थिए ।

यसअघि मार्च १ मा समेत भ्रष्ट्राचासम्बन्धी मुद्दामा सार्कोजीलाई दोषी ठहर गर्दै १ वर्षको जेल र २ वर्ष निलम्बनको सजायँ सुनाइएको थियो । तर अपील गरेपछि उनलाई मुक्त गरिएको थियो ।

बिहीबार फैसला सुनाउने क्रममा अदालतमा अनुपस्थित सार्कोजीले आफूले दुबै मुद्दामा कुनै गल्ति नगरेको दोहोर्‍याउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?