+
+

लुम्बिनी प्रादेशिक अस्पतालको निमित्त मेसुमा डा. ढकाल

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १४ गते २१:२०

१४ असोज, बुटवल । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाललाई हटाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद वैठकले डा. इन्ऽ ढकाललाई निमित्त मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गर्ने निर्णय गरेको हो । डा. खनाललाई कोभिड अस्पताल संचालन तथा व्यवस्थापन समितिको संयोजक बनाइएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए ।

यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले जाँदाजाँदै साउन २७ गते डा. खनाललाई मेसुबाट हटाउने निर्णय गरेको थियो । तर मुख्य सचिवले उक्त निर्णय माइन्युट गरेका थिएनन् ।

मन्त्रिपरिषद्को शुक्रबारको  बैठकले प्रदेशमा कोभिड-१९ महामारीको व्यवस्थापन गर्न कोभिड विशेष अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै बाँके जिल्लाको बैजनाथ गाउपालिका, रुकुम पूर्वको भूमे तथा पुथा उत्तरगंगा गाउँपालिकाका वडाहरुलाई थपघट/ समायोजन गर्ने तथा पाल्पा जिल्ला बगनासकाली गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने सम्बन्धी प्राप्त प्रस्ताव संघीय सरकार समक्ष पठाउने निर्णय वैठकले गरेके प्रवक्ता खड्काले बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?