+
+

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते १२:५२

१५ असोज, काठमाडौं । सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । बिहीबार ८८ हजार ७ सय रुपैयाँका कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार ८९ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबारका लागि महासंघले तेजावी सुनको भाउ ८९ हजार १५० रुपैयाँ तोकेको छ । बिहीबार ८८ हजार २५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो । यस्तै चाँदीको भाउ पनि शुक्रबार तोलामा २० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ११२० रुपैयाँका कारोबार भएको चाँदीको मूल्य शुक्रबार ११४० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?