+
+

च्याम्पियन्स लिगका स्टार अझै पनि रोनाल्डो र मेस्सी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते १८:५०

१५ असोज, काठमाडौं । लामो समयदेखि अर्जेन्टिनी फुटबल स्टार लिओनल मेस्सी र उनका प्रतिस्पर्धी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले युरोपेली फुटबलमा राज गर्दै आएका छन् । तर, उनीहरुको राज अब छिट्टै अन्त्य हुने कुनै संकेत देखिएको छैन ।

यी दुवै स्टार खेलाडीले हालै मात्र आफ्नो पुरानो क्लब छाडेका छन् । मेसी बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मन (पीएसजी) आए भने रोनाल्डो युभेन्टसबाट म्यानचेस्टर युनाइटेड फर्किए ।

अहिले च्याम्पियन्स लिगको समूहचरणको दोस्रो चरणको तालिका आउँदासम्म यी दुवै स्टार आफ्नो क्लबको मुख्य खेलाडीको रुपमा देखिएका छन् ।

मेसीको गोल

पीएसजीमा आएपछि मेस्सीले चौथो खेलमा मंगलबार म्यानचेस्टर सिटीसँगको खेलमा गोल गरे । उनले टोलीका युवा खेलाडी केलियन एमबाप्पेले उपलब्ध गराएको बलमा गोल गरेका थिए । यससँगै उनी अब पीएसजीमा पनि लयमा फर्किएको अपेक्षा गरिएको छ ।

फर्ममा रोनाल्डो

मेस्सीले पीएसजीमा शुरुआत केही सुस्त गरे पनि क्रिस्टियानो रोनाल्डो भने फर्ममा देखिएका छन् । म्यानचेस्टर युनाइटेडको लागि खेलेको शुरुआती पाँच खेलमा उनले पाँच गोल गरिसकेका छन् । उनले गरेको गोलमध्ये सबैभन्दा महत्वपूर्ण गोल बुधबार म्यानचेस्टर युनाइटेडको भिल्लारियलसँगको खेलमा इज्युरी समयमा भएको गोल हो ।

च्याम्पियन्स लिगमा राज

च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा धेरै गोल गर्नेमा यी दुवै स्टार सबैभन्दा अगाडि छन् । रोनाल्डोले अहिलेसम्म च्याम्पियन्स लिगको १७८ खेलबाट १३६ गोल गरेका छन् भने मेस्सीले १५१ खेलबाट १२१ गोल गरेका छन् ।

रोनाल्डोले बुधबार भिल्लारियलविरुद्ध गरेको गोलसँगै उनले च्याम्पियन्स लिगमा विभिन्न ३७ टोलीविरुद्ध गोल गर्ने कीर्तिमान पनि राखेका छन् । मेस्सीले ३६ फरक टोलीविरुद्ध गोल गरेका छन् । अहिले पनि युरोपेली फुटबलमा यी दुई स्टार नै प्रमुख खेलाडीको रुपमा कायम छन् ।

मार्काबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?