+
+

किरणको ‘जुनी जुनी’मा गीता र कमलविच छल्किएको प्रेम

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते २२:१३

‘द भ्वाइस अफ नेपाल’का बिजेता किरण गजमेरको स्वरमा समावेश गीतहरु निरन्तर सार्वजनिक भैरहेका छन् । यसैविच, उनको स्वरमा समावेश ‘जुनी जुनी’को गीतको भिडियो सार्वजनिक भएको छ । येदिन गजमेरको शब्द तथा संगीतमा तयार भएको जुनी जुनीमा मोडलद्धय गीता ढुंगाना र कमल सिंहको अभिनय हेर्ने सकिन्छ ।

अमेरिकामा बस्दै आएका गीतकार तथा संगीतकार येदिनले एल्बम तरंगको चर्चा पश्चात गायक किरण गजमेरको एकल स्वरमा एल्बम जुनी जुनीमा समावेश पहिलो भिडियो बजारमा ल्याएका हुन् ।

वैँशालु उमेरमा प्रेममा परेका एक जोडीको प्रेमील कहानी, प्रेममा पर्दाका रमाइला यादगार क्षणहरुलाई नजिकबाट देखाइएको भिडियोमा सुन्दरी मोडल गीता गज्जबसँग खुलेकी छिन् । लोकराज अधिकारी एसोसियट निर्देशक रहेको भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् । बुद्ध थापाको छायांकन रहेको भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?