+
+

तेक्वान्दो संघको अध्यक्षमा फेरि राणा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १६ गते १९:१९

१६ असोज, भैरहवा । नेपाल तेक्वान्दो संघको अध्यक्षमा प्रकाशशम्शेर राणाले नै निरन्तरता पाएका छन् । लुम्बिनी प्रदेशको भैरहवामा शनिबार भएको चौथो अघिवेशनबाट राणा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । उनी २०७० मा झापाको बितामोर्डमा भएको अधिवेशनबाट पहिलो पटक अध्यक्षमा निर्वाचित भएका थिए ।

यसैगरी उपाध्यक्षमा सञ्जीव रेग्मी, हरिश्वर पोखरेल र नन्दुकुमार राई सर्वसम्मत रुपमा चयन भए । यसैगरी महासचिवमा दीपराज गुरुङ र कोषाध्यक्षमा कासिम मिया धोबी सर्वसम्मत रुपमा चयन भए ।

यसैगरी सदस्यहरुमा कुमार लामा घिसिङ, साम्राज्यविक्रम पाण्डे, सुमन पराजुली, नन्दा बस्याल, रवि थापा, राम गिरी, दीपेन्द्र चन्द ठकुरी, मदन केसी, गुरुप्रसाद गौतम, मणिराज विष्ट र कोशिस खड्का सर्वसम्मत रुपमा चुनिए ।

उद्घाटन समारोहमा इन्जिनियर सञ्जीव रेग्मी र कासिम मिया धोबीलाई ‘एनटीए प्रेसिडेन्ट’ अवार्ड प्रदान गरिएको थियो । यसैगरी अर्पण पराजुलीलाई ‘एनटीए हिरोज’, दीपेन्द्रबहादुर नेपालीलाई ‘एनटीए इन्स्ट्रक्टर’ र गोपाल राईलाई ‘मास्टर्स’ अवार्ड प्रदान गरिएको थियो । पराजुलीले ३० हजार तथा नेपाली र राईले १५/१५ हजार रुपैयाँ पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?