+
+

दशैंलगत्तै बालबालिकालाई कोरोना खोप : राज्यमन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १४:२७

१७ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँलगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने बताएका छन् ।

आइतबार कान्ति बाल अस्पताललाई बुद्धिष्ट चुजी च्यारिटी फाउण्डेशनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उनले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको १ करोड खोप आउने सुनिश्चित भइसकेको बताए ।

उनका अनुसार ४० लाख मोडेर्ना र ६० लाख फाइजरको खोप खरीदको व्यवस्था गरिएको छ । दशैँलगत्तै फाइजरको १ लाख खोप आउने उनले जानकारी दिए ।

फागुनसम्ममा क्रमशः खोप आउने र बालबालिकालाई उपलब्ध गराइने राज्यमन्त्री श्रेष्ठले बताए । ‘यो दशैँलगत्तै १ लाख फाइजर खोप आउने त्यसपछि फागुनसम्ममा पटक पटक गरेर फाइजर र मोडेर्ना आएर बालबच्चाको लागि पनि खोपको व्यवस्थापन हुनेछ’ उनले भने ।

सरकारले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउन ध्यान दिएको पनि राज्यमन्त्री श्रेष्ठले बताए । कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा खटिँदा मृत्यु भएका स्वास्थ्यकर्मीको बालबच्चालाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने पनि उनले जानकारी गराए ।

कार्यक्रममा बुद्धिष्ट चुजी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टिलेटरसहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । फाउन्डेशनले ४१ करोड ४८ लाख ४९ हजार ३०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको बुद्धिष्ट चुजी च्यारिटी फाउण्डेशनका नेपाल प्रतिनिधि महेश नकर्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?