+
+

नेप्से परिसूचक ५६ अंकले घट्दा यी कम्पनीकाे शेयरमूल्य भने बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १५:१९

१७ असोज, काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक करिब ५६ अंकले घटेको छ । नेप्से परिसूचक ५५ दशमलव ९३ अंकले घटेर २ हजार ५ सय ७७ दशमलव ४९ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ०७ अंकमा झरेको छ । शेयर कारोबार रकममा पनि आइतबार उल्लास देखिएन ।

५२ हजार ३९१ कारोबार हुँदा हुँदा ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर किनबेच भएको छ । जसअनुसार कारोबार रकम ४ अर्ब ११ करोड ३८ लाख १४ हजार हजार २४६ रुपैयाँ पुगेको छ ।

बजार घटेपनि केही कम्पनीहरुको शेयर मूल्य भन बढेको छ ।

हेर्नुस् धेरै मूल्य बढ्ने ५ कम्पनीहरुः

क्र.सं. कम्पनीको नाम बढेको मूल्य (रु.) बढेपछिको मूल्य (रु.)
१. मैलुङ खोला जलविद्युत् कम्पनी २९.९७ ३२५.४०
२. स्वाभिमान लघुवित्त १४१.६० २४८१.६०
३. सबैको लघुवित्त वित्तीय संस्था ३५ १७१५
४. प्रिमियर इन्स्यारेन्स कम्पनी १७ ९९८
५. माउन्टेन इनर्जी नेपाल १७ ११०४

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment