+
+

अफगानिस्तानको काबुलमा मस्जिद बाहिर विष्फोट

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १८:२०
प्रतीकात्मक तस्वीर

१७ असोज, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिद बाहिर विष्फोट भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार विष्फोटमा परी केही मानिसको मृत्यु भएको आशंका गरिएको छ ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीटरमा काबुलको इदगाह मस्जिदको प्रवेशद्वारमा उक्त विष्फोट भएको बताएका छन् । समाचारमा जनाइएअनुसार मस्जिदभित्र जबिहुल्लाह मुजाहिदकी आमाको फातिहा पढिरहेको समयमा उक्त विष्फोट भएको हो ।

अहिलेसम्म यो आक्रमणको जिम्मेवारी कसैले लिएको छैन । यद्यपि तालिबान सत्तामा आएपछि इस्लामिक स्टेट (आईएस)ले तालिबानमाथिको आक्रमण बढाएको छ । यससँगै आगामी दिनमा अफगानिस्तानमा तालिबान र आईएसबीचको संघर्ष बढ्न सक्ने आशंका बढेको छ ।

तालिबानले यसअघि नै आगामी दिनमा आईएस आफ्नो लागि समस्या बन्न सक्ने बताइसकेको छ । अफगानिस्तानको नान्गरहार प्रान्तमा आईएसको पकड बलियो छ । यसअघि आईएसले नान्गरहारको राजधानी शहर जलालबादमा पनि आक्रमण गरेको थियो । यद्यपि उसले काबुलमा भने आक्रमण गरेको थिएन ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?