+
+

तर्साउने गुडियाको अनौठो टापु !

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते ११:५५

बच्चाहरु गुडिया खेलाउन पाउँदा निकै खुसी भएर रमाउँछन् । तर संसारमा एउटा यस्तो ठाउँ छ जहाँ यस्ता गुडियाहरु राखिएको छ, जुन देखेर मानिसहरु डरले थरथरी काँप्छन् ।

मेक्सिकोमा डरलाग्दा गुडियामा राखिएको तर्साउने टापु छ । त्यहाँको दृश्यले जो कोहीलाई भयभित बनाउँछ । किनकि त्यहाँका रुखमा मन बहलाउने खालका सुन्दर गुडियाहरु होइन, हरेक रुखमा डरलाग्दा अनौठा गुडियाहरु झुण्डाइएको छ ।

त्यहाँ पुग्ने जोकोहीले आफ्नो चारैतर्फ केवल भूतजस्ता डरलाग्दा गुडियाहरु देख्दछ । त्यहाँ रुखमा मात्र होइन पानी र जमीनमा पनि यत्रतत्र तर्साउने गुडियाहरु राखिएको छ ।
स्थानीयहरुका अनुसार उक्त टापुमा डरलाग्दा गुडिया मात्र होइन एक अज्ञात केटीको आवाज पनि सुनिन्छ ।

आखिर उक्त टापुमा त्यतिधेरै डरलाग्दा गुडिया कसले राख्यो त ? वास्तवमा डन जुलियन नामक व्यक्तिले ती गुडिया राखेका हुन् ।

सहरबाट टाढा रहेको उक्त क्षेत्रमा जुलियन कुनै समय आफ्नी पत्नीसँग त्यहाँ बस्दथे । एकदिन त्यहाँ नहरमा उनले एकजना बालिकाको शव देखे । केही दिनपछि सोही नहरमा उनले एक गुडिया पनि भेट्टाए ।

त्यसपछि जुलियनलाई ती बालिकाको आत्माले तर्साउन थालेको महसुस भयो । अनि उनले मृत बालिकाको आत्मालाई शान्त पार्नका लागि भन्दै टापुभरि नै गुडिया टाँग्न थाले । उनले टापुका रुखहरूका अलावा आफ्नो घरका चारैतर्फ पनि डरलाग्दा गुडियाहरु टाँगेका छन् ।

स्थानीय भाषामा उक्त टापुलाई चाइनाम्पस भनिन्छ । सन् १९८७ मा युनेस्कोले उक्त क्षेत्रलाई विश्व सम्पदा घोषित गरेको छ ।

डराउने गुडियाको टापुमा हरेक वर्ष ठूलो संख्यामा पर्यटक आउँछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?