+
+

मध्यरातमा साहरुखलाई भेट्न ‘मन्नत’ पुगे सलमान

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १२:०७

बलिउडका नायकद्धय साहरुख खान र सलमान खानका फ्यानहरु सामाजिक संजालमा एक अर्काको विरुद्धमा गालीगलौजमा उत्रिन्छन् । तर, साहरुख र सलमानको मित्रता भने लोभलाग्दो छ । साहरुखका छोरा आर्यन खानलाई एनसीबीले शनिबार मध्यरातमा ड्रग्सको मुद्दामा क्रुज पार्टीबाट हिरासतमा लिएको छ । आर्यन हिरासतमा परेसँगै नायक साहरुख खान र उनको परिवार तनावमा छ ।

यसैविच, साहरुखको परिवारलाई साथ दिन नायक सलमान खान मध्यरातमा मन्नत पुगेका छन् । सलमान आइतबार राती मन्नत पुगेको भिडियो सामाजिक संजालमा भाइरल भैरहेको छ । ‘बीग बोस’को छायांकनमा व्यस्त सलमान साहरुखलाई भेट्न मन्नत पुगका हुन् ।

आर्यनको आइतबार मेडिकल जाँच गरेपछि अदालतमा उपस्थित गराइएको थियो । अदालतले आर्यन लगायत पक्राउ परेका ८ जनालाई १ दिनको न्यायिक हिरासतमा राख्न आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?