+
+

नेप्से परिसूचकसँगै सुस्तायो शेयर कारोबार रकम

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १५:०९

१८ असोज, काठमाडौं । साताको पहिलो दिन उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि घटेको छ । अघिल्लो साता पनि एक दिन बाहेक सबै कारोबार दिन नेप्से परिसूचक ओरालो लागेको थियो ।

सोमबार नेप्से परिसूचक ६.६८ प्रतिशतले घटेर २ हजार ५ सय ७० दशमलव ८१ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ यन्डेक्स पनि १.२८ प्रतिशतले घटेको छ ।

कारोबार रकममा पनि गिरावट आएको छ । कारोबार रकम ४ अर्ब पनि पुग्न सकेन । ४८ हजार २३६ वटा कारोबार हुँदा ७६ लाख ५३ हजार २२० कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५ रुपैयाँमा रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?