+
+

थप १,०३० कोरोना संक्रमण, १० जनाको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १७:२२

१८ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ९८१ एन्टिजेन परीक्षण गर्दा २१८ गरी १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने १ हजार जना निको भएका छन् ।

सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९८ हजार ४ पुगेको छ । तीमध्ये ११ हजार १७४ जनाको मृत्यु भएको छ भने ७ लाख ७० हजार २२४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६०६ जना रहेका छन् । जसमध्ये १५ हजार ५३४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३५१ जना आईसीयू र ११८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६३ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २२६, कास्कीमा ८७, ललितपुरमा ६२, झापामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मोरङमा ४३, भक्तपुरमा ३८, रुपन्देहीमा ३६, चितवनमा ३०, सुनसरीमा २३, कैलालीमा १९, नवलपरासी पुर्व, स्याङजा र बाँकेमा १०/१० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?