+
+

मुख्यमन्त्री राउतको राजीनामा माग्दै लोसपाले प्रदेशसभा बैठक अवरुद्ध गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १८:४०

१८ असोज, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेश २ को असोज २० गते बस्ने प्रदेशसभा बैठक अवरुद्ध गर्ने भएको छ । लोसपा संसदीय दलको सोमबार बसेको बैठकले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारी साइकल वितरण सम्बन्धी कागजात नियन्त्रणमा लिएपछि मुख्यमन्त्री राउतले राजीनामा दिनुपर्ने लोसपाको माग छ ।

मुख्यमन्त्रीले राजीनामा दिएर अख्तियारलाई अनुसन्धान गर्न दिनुपर्ने लोसपा सांसद परमेश्वर साहले बताए । उनका अनुसार २० गतेको प्रदेशसभाको बैठक यही माग राखेर अवरुद्ध गरिने निर्णय भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिन २० गते प्रदेशसभाको बैठक बोलाइएको छ । सत्तारूढ जसपा फुटेपछि मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment