+

साफ च्याम्पियनसिप : भारत र बंगलादेशले बराबरी खेल्दै अंक बाँडे

२०७८ असोज  १८ गते १९:०२ २०७८ असोज १८ गते १९:०२
साफ च्याम्पियनसिप : भारत र बंगलादेशले बराबरी खेल्दै अंक बाँडे

१८ असोज, काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा भारत र बंगलादेशले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । भारतले शुरुवाती अग्रता लिएपनि १० खेलाडीमा समेटिएको बंगलादेशले बराबरी गोल फर्काउँदै अंक बाँडेको हो ।

मालेस्थित नेशनल स्टेडियममा भएको खेलको २६औं मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा भारतले अग्रता कायमै राखेको थियो ।

दोस्रो हाफमा बंगलादेश १० खेलाडीमा समेटिएपनि भारतले फाइदा उठाउन सकेन । खेलको ५४औं मिनेटमा बंगलादेशका विश्वनाथ घोष रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

तर एक खेलाडी कम भएपनि बंगलादेशले बराबरी गोल फर्कायो । ७४ औं मिनेटमा यासीन अराफतले बंगलादेशका लागि गोल गरेका थिए ।

पहिलो खेलमा श्रीलंकालाई हराएको बंगलादेशले २ खेलबाट ४ अंक जोडेको छ । भारतले भने बराबरीबाट प्रतियोगिता शुरुवात गर्दै एक अंक जोडेको छ ।

साफ च्याम्पियनसिप अन्तर्गत सोमबार राति ९:४५ बजे नेपालले श्रीलंकासँग खेल्दैछ । नेपालले पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १–० ले पराजित गरेको थियो । श्रीलंका भने बंगलादेशसँग १–० ले पराजित भएको थियो ।

भारत र बंगलादेश साफ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय