+
+

प्रदेश २ लाई बदनाम गर्ने प्रयास भएको छ : मुख्यमन्त्री राउत

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १३:१५

२० असोज, काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारलाई बदनाम गर्ने प्रयास भएको आरोप लगाएका छन् ।

बुधबार प्रदेशसभा बैठकमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि मुख्यमन्त्री कार्यालयमा छापा मार्नु सरकारलाई बदनाम गर्ने प्रयास भएको बताएका हुन् ।

केही कमजोरी भए बोलाएर सोध्न सक्ने भन्दै मुख्यमन्त्री राउतले एक्कासी छापा मार्नु हस्तक्षेप भएको बताए । ‘यदि त्यसमा कुनै त्रुटि छ भने, फाइल कमजोर छ भने बोलाएर सोध्न सक्नुहुन्छ’ उनले भने, ‘तर यो अट्याक हो । प्रदेश सरकारलाई बदनाम गर्ने प्रयास गरिएको छ ।’

मुख्यमन्त्री कार्यालयले बेटी बचाऊ बेटी पढाउ कार्यक्रम अन्तर्गत गत वर्ष प्रदेशभरका ८ कक्षाका छात्रालाई साइकल वितरण गरेको थियो । सो कार्यक्रम पारदर्शी नभएको भन्दै समाचार प्रकाशन भएपछि अख्तियारले गत हप्ता छापा मारेको थियो ।

अख्तियारले छापा मारे पनि यसलाई राजनीतिक दलले एजेण्डा बनाउन नहुने बताए । ‘संवैधानिक निकाय हो काम गर्न पाउनुपर्छ, तर राजीतिक दलले यसलाई एजेण्डा बनाउनुहुँदैन’ मुख्यमन्त्री राउतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?