+
+

मिडियासँग ‘कुरै गर्दिनँ’ भन्दै कार्यक्रम छाडेर हिँडिन् साम्राज्ञी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते ११:५५

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई ट्रि इन्टरटेन्मेन्टले ‘माया पिरेम’ बोलको गीतमा करिब ४ लाख पारिश्रमिक दिएर अभिनय गरायो । म्युजिक भिडियोमा काम गर्ने साम्राज्ञीले राम्रो पारिश्रमिक पाएपछि काम पनि गरिन् ।यो भिडियोको बुधबार भव्य कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो । तर, भिडियो सार्वजनिक कार्यक्रम यसका निर्माता र मिडियाकर्मीका लागि भने खल्लो भयो ।

लामो समयपछि साम्राज्ञी मिडियामा उपस्थित हुने भएकाले पनि मिडियाकर्मीको बाक्लो उपस्थिती कार्यक्रम हलमा थियो । १ बजेलाई भनिएको कार्यक्रम सुरु हुँदै करिब ३ बज्यो । ३ बजेपछि सुरु कार्यक्रममा पुस्तक र पत्रिका विमोचन कार्यक्रम समेत थपिदा लामो भयो । तर, पनि मिडियाकर्मी साम्राज्ञी र अन्य कलाकारहरुको कुरा सुन्न प्रतिक्षामा नै थिए ।

तर, भिडियोको बिषयमा बोल्ने बेलामा साम्राज्ञी स्टेजमा देखिइनन् । भिडियोका मुख्य कलाकारहरु राज तुम्बाहाम्फे, देलविस दर्शनधारी र अलिसा शर्मा स्टेजमा बसिसकेका थिए । साम्राज्ञी भने मिडियासँग कुरा नगर्ने भन्दै हिडिन् ।

यो भिडियोको निर्माताले उनलाई बारम्बार पत्रकार सम्मेलनमा उपस्थित भएर भिडियोको बारेमा मात्र बोल्न आग्रह गरे । तर, साम्राज्ञीले भने आफूले संझौता गर्दा नै मिडियासँग कुरा नगर्ने भनेर गरेकाले नजाने अड्डी लिइन् । यसपछि, भिडियोको बिषयमा आयोजना गरिएको कार्यक्रम नै स्थगित भयो ।

विशेषगरि, पहिलो लकडाउनपछि साम्राज्ञीले मिडियामाथि आरोप लगाएकी थिइन् । धेरै युट्युब च्यानलले आफूहरुको भिडियो हालेर पैसा कमाएको, शिर्षक जे पनि हाल्दिने गरेको लगायतका आरोप लगाउँदै साम्राज्ञी मिडियाबाट तर्किन थालेकी हुन् । साम्राज्ञी मिडियाको अगाडि आउनै नचाहेको देखिन्छ । तर, ४ घन्टासँग साम्राज्ञीको प्रतिक्षा गरेका मिडियाकर्मीका लागि भने उनको व्यवहारले खल्लो बनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?