+
+

सि र बाइडनबीच २०२१ को अन्तिमसम्ममा भुर्चअल बैठक हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते १३:४७

२१ असोज, काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ समकक्षी सि जिनपिङबीच भर्चुअल बैठक हुने भएको छ ।

एक वरिष्ठ अमेरिकी अधिकारीले दिएको जानकारीअनुसार सन् २०२१ को अन्तिमसम्ममा उनीहरुबीच बैठक हुनेछ । चीन र अमेरिकाबीचको तनाव कम गर्दै कूटनीतिक सम्बन्ध अघि बढाउन दुई मुलुकका प्रमुखबीच बैठक हुन लागेको हो।

द्विपक्षीय वार्ताको लागि प्रमुख विषयमा सहमति जुटेको नाम नबताउने शर्तमा एक अमेरिकी अधिकारीले बताएका छन् । यसअघि बाइडनले आफूले चिनियाँ समकक्षीसँग वार्ता गरेको र वार्तामा ताइवानको मुद्दालगायतका विषयमा कुरा भएको बताएका थिए। उनले ताइवान सम्झौता पालना गर्दै प्रतिबद्धता पनि व्यक्त गरेका थिए।

पछिल्लो समय ताइवानमाथि चीनले दबाब बढाएको छ । ताइवानले पश्चिमा मुलुकलाई आफ्नो पक्षमा उभिन निरन्तर आग्रह गर्दै आएको छ । अमेरिकाले पनि ताइवानलाई दबाब दिने चिनियाँ नीति विरोध गर्दै आएको छ ।

अमेरिकाले चीनलाई ताइवानमाथि सैन्य, कुटनीतिक र आर्थिक दबाब नदिन आग्रह गर्दै आएको छ । ताइवान, दक्षिण चीन सागर, मानवअधिकार, हङकङ सिन्जियाङलगायतका विषयमा अमेरिकाले चीनको व्यवहारको आलोचना गर्दै आएको छ ।

अमेरिकाले पछिल्लो समय चीनलाई घेर्ने केही गठबन्धन बनाएसँगै चीनले आपत्ति जनाउँदै आएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?