+
+

सार्वजनिक यातायातका लागि देशभरको रुट खुला

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते १३:५५

२१ असोज, काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ ।

विभागले नेपालीको दशैं, तिहार र छठ नजिकिएसँगै काठमाडौं बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन इजाजतपत्र खुला गरेको हो ।

इजाजतपत्र खुला भएसँगै जुनसुकै सार्वजनिक सवारी रुट परमिट विना नै देशभर जहाँ पनि जान सक्नेछन् । यसले सवारीले यात्रुलाई सहजरुपले गन्तव्यमा पुर्‍याउन र ल्याउनका लागि पटके इजाजत पनि काट्नुपर्ने छैन ।

इजाजतपत्र खुला भएसँगै चाडबाडको समयमा यात्रुलाई सुरक्षित गन्तव्यमा ल्याउन तथा लैजानका लागि सहज हुनेछ । दशैंको समयमा इजाजतपत्र खुला गर्दा जुन सवारी साधन जता पनि जान पाउने भएपछि यात्रुलाई थप सहज हुने भएको हो ।

गत असोज ११ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?