+
+

कांग्रेस नेता प्रदीप पौडेललाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते १६:३८

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई कोरोना संक्रमण देखिएको छ।

तीन दिनदेखि स्वास्थ्यमा समस्या आएपछि बिहीबार पीसीआर परीक्षणका क्रममा पौडेललाई कोरोना संक्रमण देखिएको हो ।

उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

कांग्रेस नेता पौडेल आसन्न महाधिवेशनमा महामन्त्रीका उम्मेदवार हुन् । क्रियाशील सदस्यता छानविन समिति सदस्य रहिसकेका पौडेलले केहि दिनमा उम्मेदवारी घोषणा गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?