
२१ असोज, जनकपुरधाम । प्रदेशसभामा दुई तिहाइ सांसदको समर्थन पाएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत जानकी मन्दिर पुगेका छन् ।
बुधबार विश्वासको मत लिएपछि बिहीबार जानकी मन्दिर पुगेका उनले त्यहाँका महन्थको गोडा ढोकेर आशिर्वाद लिएका छन् ।
मुख्यमन्त्री राउत महन्थ रामतपेश्वर दासको कार्यकक्षमै गएर आशिर्वाद लिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
आशिर्वाद लिन पुगेका मुख्यमन्त्री राउतलाई महन्थ दासले माला तथा दोसल्ला ओढाएर सम्मान गरेका छन् ।
बुधबारको प्रदेश सभा बैठकमा उपस्थित सय जना सांसदमध्ये ७७ जनाले विश्वासको मत दिएका थिए । २३ जनाले विपक्षमा मत हालेका थिए ।
उनले सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) फुटेपछि मुख्यमन्त्री राउतले विश्वासको मत लिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4