+
+

कांग्रेस बाजुराको सभापतिमा रामसिंह रावल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते ६:५९

२२ असोज, काठमाडौं । नेपाली कांग्रेस बाजुराको सभापतिमा रामसिंह रावल विजयी भएका छन् । उनी ६०५ मतसहित जिल्ला सभापति चुनिएका हुन् ।

उनका प्रतिस्पर्धी कविराज पण्डितले ५६६ मत पाएका छन् ।

जिल्ला सभापति पदका लागि असोज २१ गते निर्वाचन भएको थियो । १ हजार १ सय ८२ मत खसेको मध्ये १ हजार १ सय ७१ मत सदर भएको थियो भने ११ मत बदर भएको थियो ।

रावलले ३९ मतले पण्डितलाई जितेका हुन् । उनी पौडेल समूह निकट हुन् ।

पहिलो चरणमा सभापतिका तीन उम्मेदवार मध्ये कसैले पनि बहुमत नल्याएपछि बिहीबार दोस्रो चरणको मतदान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?