+
+

ब्राजिलको पुनरागमन जित, अर्जेन्टिना बराबरीमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते ६:२४

२२ असोज, काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले भेनेजुएलालाई ३-१ ले पराजित गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले एक गोलले पछि परेको स्थिति उल्टाएर जित हात पारेको हो ।

खेलको ११औं मिनेटमा एरिक रामिरेजले गोल गर्दै भेनेजुएलालाई अग्रता दिलाएका थिए । ७० मिनेटसम्म अग्रता कायम राखेपनि त्यसपछि ब्राजिलले ३ गोल फर्कायो ।

७१औं मिनेटमा मार्क्विन्होसले ब्राजिलका लागि बराबरी गोल गरे । गाब्रिएल बारबोसाले ८५औं र एन्टोनीले इन्जुरी टाइममा गोल गरेपछि ब्राजिलले जित हात पारेको हो ।

छनोटमा लगातार ९ खेल जितेको ब्राजिल शतप्रतिशत नतिजासहित २७ अंक जोडेर शीर्ष स्थानमा छ ।

भेनेजुएला १० खेलबाट ४ अंकसहित १०औं स्थानमा छ ।

यस्तै अर्को खेलमा अर्जेन्टिनाले पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

छनोटमा चौथो बराबरी खेलेको अर्जेन्टिना ९ खेलबाट ५ जित र ४ बराबरीको नतिजासहित १९ अंक जोडेर दोस्रो स्थानमा छ । पाराग्वे १० खेलबाट १२ अंकसहित छैटौं स्थानमा छ ।

अर्को खेलमा उरुग्वे र कोलम्बियाले पनि गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । उरुग्वे १० खेलबाट १६ अंकसहित चौथो र कोलम्बिया १४ अंकसहित पाँचौ स्थानमा छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?