+
+

‘पुँजीगत खर्च गर्न प्रदेश सरकार समेत असफल’

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते १८:०९

२२ असोज, हेटौडा । संघीय सरकारमा जस्तै प्रदेश सरकारहरु समेत पुँजीगत खर्च गर्न असफल देखिएको सरोकारवालाले बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व सचिवलायसँगको सहकार्यमा बागमती प्रदेशका आर्थिक पत्रकारहरुलाई सार्वजनिक वित्त व्यवस्थासम्बन्धी तालिम तथा अभिमुखीकरण कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् ।

कार्यक्रममा बागमती प्रदेशकी आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्काले संघीय सरकार मात्र नभई प्रदेश सरकारहरु समेत अपेक्षा अनुसार पुँजीगत खर्च गर्न नसकेको स्वीकार गरिन् ।

मन्त्री खड्काले कर्मचारीको क्षमता, राजनीतिज्ञको अक्षमता वा नीतिगत अभाव के कारण खर्च हुन नसकेको हो त्यसमा ध्यान दिन सरोकारवालालाई आग्रह गरिन् । वित्तीय संघीयता सफल बनाउन सबै तहका सरकारको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । उनका अनुसार अहिले ३५ प्रतिशत भन्दा बढी सडक, खानेपानी जस्ता भौतिक पूर्वाधारमा खर्च हुने गरेको छ ।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव धनीराम शर्माले बजेट खर्च सँगै राज्यको आम्दानी पनि हेर्न आवश्यक रहेको बताए । राज्यले जसरी आम्दानी गर्छ सोही अनुसार नै खर्च गर्ने उनको भनाइ थियो ।

हेटौंडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले आर्थिक अनियमिततालाई उजागर गर्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) का सदस्य सचिव गोरखबहादुर शाहीले सार्वजनिक खर्चको विषय सबैले जानकारीमा राख्न आवश्यक रहेको बताए ।

शाहीले सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धमा हालसम्मका व्यवस्थाहरुको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

बागमती प्रदेशका लेखा नियन्त्रक हरीप्रसाद उपाध्यायले प्रदेशको बजेट खर्च प्रणाली तथा प्रदेश लेखा नियन्त्रक कार्र्यालयबाट हुने कामहरुको बारेमा कार्यपत्र प्रस्तुती दिए ।

सरकारका पूर्वसहसचिव शुशील पाण्डेले केन्द्रिय तथा प्रदेशको बजेट अनुदान प्रणाली, पुँजीगत खर्च, सञ्चित कोष, बजेट घाटा यसका समस्या र अभ्यासको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?