+
+

स्वास्थ्यमन्त्री खतिवडा भन्छन् : नेपाललाई कोरोनामक्त बनाउन ध्यान दिन्छु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते २२:१६

२२ असोज, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले केही महिनाभित्रै नेपाललाई कोरोनामुक्त गर्ने अभियानमा ध्यान केन्दि्रत गर्ने बताएका छन् । उनले अनियमितता, भ्रष्टाचार अन्त्य गर्न कामै गरेर देखाउने बताए ।

शुक्रबार साँझ सिंहदरवारमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले आफ्नो मन्त्रालयसँग सम्बन्धित बजेटले देखाएका कामहरुलाई समयमै सम्पन्न गर्ने बताए । उनले भने, ‘नेपाललाई कोरोनामुक्त बनाउने अभियानमा हामी सबभन्दा बढि ध्यान केन्द्रित गर्छौं । र यस मन्त्रालयसँग गाँसिएका सबै काम बजेटले देखाएका र गर्नुंपर्ने कामहरु त्यसलाई समयमै सम्पन्न गर्ने र बाहिर चर्चामा आउने गरेका अनियमितता, भ्रष्टाचारलगायतका कुराहरु नियन्त्रण गरेर देखाउने काममा मेरो ध्यान केन्द्रित हुनेछ ।’

सत्तारुढ गठबन्धनले तयार पारेको न्यूनतम साझा कार्यक्रम र प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समग्रतामा आफ्नो कामलाई अघि बढाउने समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?