+
+

यात्रुलाई नक्कली टिकट बेचेको आरोपमा दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १०:३७

२५ असोज, सुर्खेत । वीरेन्द्रनगरस्थित सिटी बसपार्कबाट यात्रुलाई नक्कली टिकट बेचेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।

देउती नागरिक यातायात प्रालिको नक्कली लोगो र छाप बनाएर बसपार्क बाहिर यात्रुलाई टिकट बेचिरहेको अवस्थामा दैलेखको आठविस नगरपालिका–४ का २० वर्षीय प्रकाश चन्द र वीरेन्द्रनगर–६ का १९ वर्षीय सञ्जु सुनार पक्राउ परेका हुन् । उनीहरुको साथबाट एक ठेली नक्कली टिकट समेत बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले दुईवटा टिकट काटेर यात्रुलाई बेचेको पाइएको छ । दुई टिकटमा सुर्खेतदेखि कालिकोट मान्मसम्म एक हजार ८५० र सुर्खेत-जुम्ला दुई हजार रुपैयाँ भाडा उल्लेख गरेका छन् ।

प्रदेश राजधानी वीरेन्द्रनगरबाट बाहिर जाने यात्रुहरुको बसपार्कमा भीड बढेको मौका छोपेर नक्कली टिकट काटेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुलाई नगर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment