+
+

मिस इन्टरकन्टिनेन्ट २०२१ मा भाग लिन इजिप्ट जान लागेकी निशाको विदाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते २०:५६

इजिप्टमा हुन गइरहेको मिस इन्टरकन्टिनेन्ट २०२१ का लागि इजिप्ट जान लागेकी नेपालकी मिस इन्टरकन्टिनेन्टल निशा पाठकलाई बिदाइ गरिएको छ । पाठक छिटै नेपालको प्रतिनिधित्व गर्दै इजिप्ट जाने छिन् ।

मिस इन्टरकन्टिनेन्ट २०२१ मा भाग लिन जान लागेकी पाठकलाई मिस इन्टरकन्टिनेन्टल नेपालका नेशनल डिरेक्टर राजेश रौनियारले विदाई गर्दै सफलताको शुभकामना दिएका छन् ।

उक्त बिदाई कार्यक्रममा निशाले प्रतियोगितामा लगाउने राष्ट्रिय पोसाक र इन्ट्रडक्सन भिडियो प्रस्तुत गरिएको थियो । जसमा उनले नेपालको प्रतिनिधित्व गर्ने थारु पोसाक लगाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?